समाचार
बालबोध विद्यालय हेटौंडाका विद्यार्थीलाई स्वीटर वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित बालबोध माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शिवम् सिमेन्टस् लिमिटेडले मंगलबार एक कार्यक्तमबीच उक्त विद्यालयमा अध्ययनरत नर्सरीदेखि ६ कक्षासम्मका विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो । स्वीटर वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर विष्टको...
सर्वोच्च बारको निर्वाचन पुस २३ गते हुने
काठमाडौं । सर्वोच्च बार एशोसिएशनको निर्वाचन यही पुस २३ गते हुने भएको छ । सर्वोच्च बार एशोसियशनको नयाँ कार्यसमिति चयनका लागि पुस २३ गते निर्वाचन हुने भएको हो । निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले उम्मेदवारी दिएका छन् भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिएका...
बुस्टर डोजको तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको बुस्टर डोजको तत्काल प्रबन्ध मिलाउन स्वास्थ् तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले संक्रमण पुनः बढ्न लागेको भन्दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन् । उनले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा...
मकवानपुरमा राहदानी विवरण कार्य स्थगित
मकवानपुर । मकवानपुरमा राहदानी विवरण गर्ने कार्य स्थगित गरिएको छ । सिस्टममा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अर्को सूचना जारी नभएसम्मका लागि उक्त कार्य स्थगित गरिएको जनाएको छ । प्रशासन कार्यायलले मंगलबार एक सूचना जारी गरी सो बारे जानकारी गराएको हो । जारी सूचनामा भनिएको छ, ‘प्रस्तुत...
एकीकृत समाजवादीको निर्णय : वामपन्थी एकता र सहकार्यको जिम्मेवारी सचिवालयलाई
काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । मंगलबार बसेको पार्टीको बैठकले वामपन्थी एकता र सहकार्यका लागि सधैभरी प्रतिबद्ध रहेको भन्दै त्यसको गृहकार्य गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै, बैठकले नयाँ...
गहना लुट्न ६० वर्षीया महिलाको हत्या, भारतीय नागरिक पक्राउ
अर्घाखाँची । अर्घाखाँचीमा एक जनाको हत्या गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक सुशान्त सिंह रहेका छन् । उनलाई सुनका गहना लुट्नकै लागि अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० सिद्धारा बोखरमा एक ६० वर्षीया राधा थापाको आइतबार बिहान हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको...
मंगलबार झिनो अंकले नेप्से घट्दा साढे ३ अर्बको कारोबार
काठमाडौं । केही दिनदेखि लगातार बढेको शेयरबजार आज झिनो अंकले घटेको छ । आज साताको शेयर। कारोबारको तेस्रो दिन नेप्से सूचक आज ३.०३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५...
राहदानी वितरण बन्द
काठमाडौं । राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण बन्द गरेको छ । विभागका प्रवक्ता दुरपदा सापकोटाले एक सूचना जारी गर्दै राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको जानकारी गराइएकी हुन् । विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा संचालन हुन...
सेवाग्राहीलाई सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारी सेवा लिँदा अबको एक महिनामा पनि नागरिकले अहिलेजस्तै लाइनमा राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छ । सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उनले एक महिनाभित्र सेवा सुधार्न निर्देशन दिँदै यदी निर्देशन नमानी सेवाग्राहीलाई लाइनमा राखेर सास्ती...
बालेनले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उनले आफूले कानुनले...










