नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

तु खबर संवाददाता
२०७९ पुष २६, मंगलवार ०९:५८
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।

आज बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, बैठकले शर्तसहित प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

‘एकीकृत समाजवादीले यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘हाम्रो एजेन्डाहरु राखिनेछन् । ती एजेन्डाहरु पूरा नगरेमा कुनै पनि बेला पर्खने सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने हाम्रो निर्णय छ ।’