माघ २ गतेदेखि मतदाता नामावली संकलन गरिने
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित मतदाता नामावली संकलन र अद्यावधि गर्ने कार्य पुनः सु गरिने भएको हो ।
गत साउन १९ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिकको काम स्थगित भएको थियो ।
आगामी माघ २ गतेदेखि ३७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली अनलाइनबाट सुरु गर्नेगरी तयारी गरिएको आयोगले जनाएको छ ।
