३ किलो चरेशसहित १ जना पक्राउ
पोखरा । पोखराको पृथ्वीचोकबाट ३ किलो चरेशसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय विरेन शाही रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको हो । उनले बोकेको झोलाबाट ३ किलो ३ सय ग्राम चरेस र एक थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीविरुद्ध लागुऔषध सम्बन्धि मुद्धामा अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।
