बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेलले आज शपथ ग्रहण गर्दै
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका हुन् ।
बागमती प्रदेश प्रमुख शर्माले सोमबार नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम जम्मकट्टेललाई प्रदेशसभाको बहुमतसहितको समर्थन प्राप्त भएअनुसार, प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री जम्मकट्टेललाई सत्ता गठबन्धनको साथै नेकपा एकीकृत समाजवादी र हाम्रो पार्टी नेपालसहित ७० जना प्रदेशसभाका सदस्यहरुको हस्ताक्षरसहित आएको सिफारिसलाई प्रदेश प्रमुखले शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट धादिङ प्रतिनिधिसभा क्षेत्र १ (क) बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।
