विपद् व्यवस्थापनका लागि सरकार गम्भीर बन्नुपर्छः मुख्यमन्त्री जम्कट्टेल
सिन्धुपाल्चोक । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको विपद् व्यवस्थापन समितिको आयोजनामा भएको विपद् व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले भैपरी आउने सबै खाले विपद्का घटनामा प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताए ।
उनले बर्षा अगाबै विपद्का जोखिमलाई मध्येनजर गर्दै प्रदेश सरकारले जेठ महिनाको १५ गते अगाडि नै बजेटको व्यवस्था गर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले मुलुकको विकासमा संघीयताको भूमिका महत्वपूर्ण रहेको बताउँदै संघीयताकै कारण गरिबी र असमानता क्रमश घट्दै गएको उल्लेख गरे ।
