नेप्सेद्वारा सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का

तु खबर संवाददाता
२०७९ पुष २५,सोमबार १६:५०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप एक वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सेन्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

सेन्चुरी बैंक लिमिटेडको पुस २१ गतेको पत्रानुसार प्रभु बैंकसँग मर्ज भई पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हुँदा नेप्सेले सोही मितिदेखि नै लागू हुनेगरी बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) को सम्पूर्ण बैंकिङ कारोबार दुई दिन बन्द गरेको थियो । ग्लोबल आइएमई र बीओके यहीँ आउँदो आजदेखि एकीकृत कारोबारमा जाने भएसँगै प्राविधिक तयारीका लागि पुस २३ र २४ गते दुबै बैंकको कारोबार बन्द गरेको थियो ।