स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
जनकपुरधाम । धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् ।
उनलाई मंगलबार धनुषाको विदेह नगरपालिका वडा नं. २ बाट इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।
बी.आर. ३२ ए.सी ७६७९ नम्वरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।
