कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त

तु खबर संवाददाता
२०७९ पुष २७, बुधबार १७:२४

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।

शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्माले बुधबार २५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । कर्णाली प्रदेशसभामा ४० जना सदस्य रहेका छन् । कर्णालीमा बहुमतका लागि २१ सिट आवश्यक पर्छ ।

शर्मालाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक जना सदस्यले समर्थन गरेका छन् ।

प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई÷दुई वर्ष गर्ने सहमति भएको छ ।