गोली पड्केको घटना अनुसन्धानका लागि ३ जना पक्राउ
रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–३ त्रिलोकपुरमा गोली चलेको घटना अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्थानीय १८ वर्षीय दिलिप यादव, २१ वर्षीय विजय भर र भारत महाराजगञ्जका २५ वर्षीय श्रीप्रसाद यादव रहेका छन् ।
बिहीबार बेलुका ७ बजेतिर गोली पड्केको जस्तो आवाज सुनिएको खबर पाएपछि प्रहरी त्रिलोकपुरमा पुगेको थियो । प्रहरीले सो स्थानबाट कटुवा पेस्तोलमा लाग्ने जस्तो देखिने एक राउण्ड गोली, पड्केको गोलीको खोका, दुई थान मोटरसाइकल र एउटा भारतीय नम्बर प्लेटको गाडी पनि बरामद गरेको छ ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
