स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु
झापा । झापाको गौरादह नगरपालिका–१ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
जिल्लाको गौरादह–१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री ७२ वर्षीय तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
बिहीबार दिउसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा राति ९ः१५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बस चालक अमरलाल ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
