घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै

तु खबर संवाददाता
२०७९ पुष २९,शुक्रबार ०९:०९
file-photo

काठमाडौं । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन् ।

त्यसको लागि एकीकृत समाजवादीले आज पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्ने भएको छ । सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ बजे कार्यक्रम आयोजना गर्ने भएको हो ।

एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लडेका थिए । तर, उनी पराजित भएका थिए । केहीदिनअघि उनले एकीकृत समाजवादीलाई पाँच बुँदे पत्र पठाउँदै पार्टी प्रवेशको ढोका खुलेका थिए ।

लगत्तै एकीकृत समाजवादीले जवाफ पठाएसँगै उनी पार्टी प्रवेश गर्न राजी भएका हुन् ।