एकीकृत समाजवादीको १७ पदाधिकारी निर्वाचित, पायो पूर्णता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत् १७ जना पदाधिकारी निर्वाचित भएका छन् । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा सार्वजनिक भएको हो ।
सार्वजनिक नतिजा अनुसार, पार्टीको महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई, उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह, खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।
यसैगरी, उपमहासचिव पदमारामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।
त्यस्तै, सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।
यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा मंगलबार नै राजेन्द्र पाण्डे निर्विरोध भएका थिए । यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ ।
यसअघि दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए ।