एकीकृत समाजवादीका नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

तु खबर संवाददाता
२०८१ भाद्र १३,बिहीबार ०९:१४

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुले आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा शपथ ग्रहण गर्ने भएका हुन् ।

उनीहरुले शपथ ग्रहण गरेलगतै पार्टी पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको बैठक बस्ने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकमा नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टीको आगामी योजनाबारे छलफल गर्ने तयारी छ ।

एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई अनिवार्य उपस्थित हुन आह्वान गरेको छ ।