एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०८१ श्रावण १०,बिहीबार ०९:३७

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने बारेमा छलफल हुने र केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाम छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेस गर्ने जनाइएको छ ।

साथै सो बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।