एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ ।
बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।
उनका अनुसार, भदौ ११ गतेसम्म चल्ने बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा तय भएको छ ।
सो पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो ।
पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो भने गठन गर्न बाँकी छ ।