एकीकृत समाजवादीको वरिष्ठ नेतामा तीन जना मनोनीत

तु खबर संवाददाता
२०८१ भाद्र १३,बिहीबार १८:३३

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको परिष्ठ नेतामा तीन जना मनोनीत भएका छन् ।

मनोनीत हुने नेताहरुमा क्रमशः बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेत रहेका छन् ।

उनीहरुलाई बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको हो । उनीहरु तीनै जनाले वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका थिए । तर, १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि भने निर्वाचन भएको थियो ।

यसैबीच बैठकले पार्टीका आगामी कार्यक्रम बनाउने जिम्मा पार्टी शीर्ष नेता (स्थायी कमिटी) लाई दिएको छ ।