एकीकृत समाजवादी हेटौंडाले सबै वडामा कमिटी गठन गर्ने

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडाले सबै वडामा कमिटी गठन र पुर्नगठन गर्ने निर्णय गरेको छ ।
बिहीबार हेटौंडा–४, सितलमहल चोकस्थित पार्टी कार्यालयमा बसेको नेकपा एकीकृत समाजवादी हेटौंडाको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै, बैठकले १९ वटै वडाका एक–एक जनालाई समेटेर १९ सदस्यीय सचिवालय निर्माण गर्ने, अनेरास्ववियु, युवा तथा खेलकुद विभाग निर्माण गर्ने लगायतको निर्णय गरेको छ ।
बैठक पार्टी नगर कमिटी उपाध्यक्ष तारा लामा ढुंगानाको सभाध्यक्षतामा बसेको हो ।
बैठकमा एकीकृत समाजवादीको जिल्ला अध्यक्ष बिष्णु दाहाल, नेता धुर्व भुजेल, कबिन पन्त, ज्ञानेन्द्र देवकोटा, नगर सचिव सफल अधिकारी, उपसचिव हेम सुवेदी, देबेन्द्र पराजुली, प्रचार विभाग प्रमुख गोविन्द प्रसाद न्यौपाने लगायतकाको सहभागिता रहेको थियो ।