मकवानपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष २९,शुक्रबार ०८:११

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे भलादमी चोकस्थित बिहीबार राति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

राति १० बजेर ५० मिनेटको समयमा ना ३९ प १४३९ नमवरको स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानी बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, अन्दाजी ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका वडा नम्वर ३ लावती बस्ने अन्दाजी ३०÷३२ वर्षीय रुपेश तामाङ रहेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार, घटनाक्रम हेर्दा कुनै सवारीसाधनले ठक्कर दिएको जस्तो देखिएको छ । उक्त दुर्घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।