समाचार

आजदेखि चरा गणना सुरु

भरतपुर । नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा ३५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए ।...

भुटानी शरणार्थीको अवस्थाबारे गम्भीर हुन गृहमन्त्री लामिछानेलाई ध्यानाकर्षण

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई नेपालमा रहेका भुटानी शरणार्थीको अवस्थामा गम्भीर हुन इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे गम्भीर...

कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

काठमाडौं। कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो । थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ७ सय ८३...

सर्वोच्च बारमा नयाँ कार्यसमिति चयनका लागि मतदान जारी

काठमाडौं । सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान जारी छ । नयाँ कार्यसमितिका लागि मतदान जारी रहेको प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलले जनाएको छ । मतदान दिउँसो ३ बजे सम्पन्न हुनेछ । त्यसपछि मतगणना प्रारम्भ गरिने छ । नयाँ कार्यसमिति चयनका...

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसद्को पहिलो बैठक र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे छलफल...

आजको मौसम तराईमा शीतलहर अझै केही दिन कायमै रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखालेआज पनि तराईमा शीतलहर चलेको जनाएको छ । महाशाखाका अनुसार, तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको छ । यस्तै, आज दिउँसो र रातिसमेत तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो कायमै रहने छ । पहाडी भू–भागमा भने आंशिक बदली हुने...

हेटौंडामा युवतीसहित दुई जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले दुई छुटछुट्टै घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरोहिरोईनसहित १ जना र भरुवा बन्दुकसहित एक जना गरी दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बिहीबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० न्युरेनीस्थित सडकखण्डबाट लागूऔषध खैरोहिरोईन १८० मिलि ग्रामसहित एक जना महिलालाई...

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो...

माघ १० गतेभित्र पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गर्न निर्देशन

मकवानपुर । जिल्ला खेलकुद विकास समिति मकवानपुरले पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आगामी माघ १० गतेभित्र सम्पन्न गराउन पालिकाहरुलाई निर्देशन दिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को पत्रअनुसार चालु आर्थिक वर्षमा संचाललन गरिने प्रतियोगिता माघ १० गतेभित्र सम्पन्न गर्न जिल्ला खेलकुद विकास समिति मकवानपुरले सबै पालिकालाई निर्देशन दिएको हो...

सात वटै प्रदेशमा पुसभित्रै नयाँ सरकार गठनको आह्वान

मकवानपुर । देशभरका सात वटै प्रदेशमा नेयाँ सरकार गठनको लागि आह्वान गरिएको छ । सात वटै प्रदेशका प्रदेश प्रमुखले सरकार गठनको लागि आह्वान गरेका हुन् । सात वटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन । कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा...