प्रदेश १ का मुख्यमन्त्रीले पाए विश्वासको मत
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रदेश १ को प्रदेशसभा बैठकमा बैठकमा कार्कीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो ।
९३ सदस्यीय प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहेका थिए ।
