लागूऔषधसहित एक जना पक्राउ
मोरङ । मोरङको विराटनगर महानगरपालिका–१५ हुलास चोकबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध लुपिजेसिक ३ एम्पुल, डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल, एभिल ३ एम्पुल, नाईट्राभेट ३० ट्याब्लेट, स्पास्मो प्रोक्सिवन २ ट्याब्लेट र सुई ३ थानसहित शुक्रबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–४ बस्ने २० वर्षीया एन्जिला सुजी रहेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
