कर्णालीमा सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

तु खबर संवाददाता
२०७९ पुष ३०, शनिबार १०:०४
file-photo

सुर्खेत । कर्णालीमा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेश सभा सचिवालयका अनुसार, शनिबार बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म मनोयन दर्ता गर्ने समय तोकिएको छ ।

यस्तै, अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ ।

साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट प्रदेशसभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।