जलेको अवस्थामा पुरुषको शव फेला
काठमाडौं । काठमाडौंको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ ।
किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
हाल अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको र शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।
प्रहरीले पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको भएपनि घटनाको बारेमा पुष्टि नसकेको जनाएको छ । मृतक पुरुषको सनाखत हुन सकेको छैन ।
