प्रधानमन्त्री प्रचण्ड अब छिट्टै भारत भ्रमणमा जाने

तु खबर संवाददाता
२०७९ पुष ३०, शनिबार १७:३९
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिटै भारत भ्रमणमा जाने भएका छन् ।

शनिवार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा अनलाइन मिडियाका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले सो कुराको जानकारी गराएका हुन् ।

उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको जानकारी गराए । यसअघि पनि प्रचण्डले भारतमै पहिलो भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए ।