खाल्डोमा गाडेकोे अवस्थामा बालकको शव फेला
डडेल्धुरा । डडेल्धुरामा खाल्डोमा गाडेको अवस्थामा एक बालकको शव फेला परेको छ । जिल्लाको आलिताल गाउँपालिका–८ डाँडाखर्कका ७ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्था फेला परेको हो प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको छ ।
प्रहरीले घटनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ ।
मृतक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पुरिएको अवस्थामा फेला परेको हो । उक्त घटनाको घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
