समाचार
हेटौंडामा कुटपिटबाट दुई जना घाइते, ७ जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ मचुनडाँडास्थित निर्माणधिन दाना फ्याक्ट्रीमा काम गर्ने निम्न कामदारहरुको कुटपिटबाट दुई जना घाइते भएका छन् । कुटपिटबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ मचुनडाडाँ बस्ने अन्दाजी १९ वर्षीय दिनेश देबकोटा र २३ वर्षीय सुजन मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...
मकवानपुरका एक पुरुष मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बकैया गाउँपालिका वडा नम्वर ६ पाङग्रे खोला बस्ने चन्द्रबहादुर कामी आइतबार मृत अवस्थामा फेला परेका हुन् । ५६ वर्षीय कामी स्थानीय शिलादेबी सामुदायीक वन छेउको खोल्सा नजिक रहेको आफ्नै घरबाट अन्दाजी २०० मिटर दक्षिणतर्फ रहेको...
करेन्ट लागेर हेटौंडाका तामाङको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा आइतबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ बस्ने १८ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आइतबार राति साढे ९ कजेको...
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा १४ महिने कार्यकालको उपलब्धि सार्वजनिक
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो कार्यकालमा भएको उपलब्धिहरु आइतबार सार्वजनिक गरेको छ । मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी गत २०७८ कार्तिक ११ गते प्रदेशको मुख्यमन्त्री पद बहाली गरेका मुख्यमन्त्री पाण्डेले मिति २०७९ साल पौष २४ गतेसम्म आफुले गरेको कामको उपलब्धी...
स्वास्थ्य मन्त्री लामाको १४ महिना : कोरोनाविरुद्धको खोपदेखि विद्यालय नर्स कार्यक्रम
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएका छन् । आइतबार मन्त्रालयको सभाहलमा भएको स्वास्थ्य मन्त्री तथा राज्यमन्त्रीको बिदाई कार्यक्रममा लामाले आफ्नो कार्यकालमा कतिपय पुराना कार्यक्रमलाई निरन्तरता दिँदै सम्पन्न गर्नुका साथै नयाँ कार्यक्रम सुरुवात गरिएको बताए । मन्त्री लामाले आफ्नो कार्यकालमा...
प्रदेश १ : एमालेका कार्कीले गरे मुख्यमन्त्रीको दावी पेस
विराटनगर । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ । प्रदेश १ मा नयाँ सरकार गठनको लागि नेकपा एमालेका हिक्मत कार्कीले ४ दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गरेका छन् । कार्कीले एमालेका ४० जना, माओवादीका १३ जना, राप्रपाका ६ जना र...
निर्मला पन्तको घटना अनुसन्धान निष्कर्षमा पुर्याउन मानव अधिकार आयोगको पत्र
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सरकारलाई पत्राचार गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गर्दै २०७५ माघ १३ गते आयोगले बुझाएको सिफारिस एवम् निर्देशनलाई समेत ध्यानमा राखेर निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनालाई निष्कर्षमा पुर्याउन आग्रह गरेको हो...
जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित तीन जनाको भेटका विषयमा बोल्दै यादवले आफ्नो पार्टीबाट विश्वासको मत दिने बताएका हुन् । भेटको क्रममा उनले भने, ‘हामीले प्रधानमन्त्रीज्यूलाई...
नेपाल समाजवादी पार्टीले सरकारसँग एकताका लागि वार्ता समिति बनाउने
काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको पार्टीको राजनीतिक समितिको बैठकले सो समिति बनाउने भएको पार्टीका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । आजको बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’...
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का
काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंक गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट भोलि पुस २५ गतेदेखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो । सोही बमोजिम धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति...










