भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्ने : बागमती प्रदेश प्रमुख शर्मा

तु खबर संवाददाता
२०७९ माघ २, सोमबार ०८:१२
file-photo

मकवानपुर । बागमती प्रदेका प्रदेश प्रमुख यादव चन्द्र शर्माले भूकम्पीय जोखिमबाट बच्नका लागि सुरक्षित संरचनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

आज माघ २ मा मनाइँदै गरिएको २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यो दिवसले सुरक्षित संरचना निर्माणका लागि थप प्रेरणा मिलोस् भन्ने कामना गरे ।

भूकम्पीय जोखिमका दृष्टिबाट नेपाल ११ औं स्थानमा रहेको बतातथ्यलाई मध्यनजर गर्दै प्रमुख शर्माले यसबाट जोगिन पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गर्नु आवश्यक रहेको बताए ।

प्रदेश प्रमुख शर्माको सन्देशमा भनिएको छ, ‘वि.स.२०७२ वैशाख १२ गतेको भूकम्पको प्रभाव हामीमाझ ताजै रहेकाले पनि यसबाट कतिसम्म सचेत रहनुपर्छ भन्ने हामी सहजै बुझ्न सक्छौं ।’

आजका दिनलाई औपचारिकतामा सीमित नगरी नागरिकलाई भूकम्पबाट हुने क्षति न्यूनिकरण गर्न आवश्यक मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने वातावरण बनाउन शर्माले आग्रह गरेका छन् ।

‘यो दिवसले सचेत र सुरक्षित रहन सबैलाई प्रेरित गरोस् ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा भनिएको छ,‘भूकम्पबाट क्षति भएका संरचनाहरु पुनर्निर्माण एवं पुनस्र्थापनाको कार्यमा लाग्ने र सहयोग पु¥याउँने सम्बन्धित सम्पूर्ण पक्षहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।’