विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ माघ २,सोमबार ०८:२९

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९–एन–एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चार चालक दलसहित ७२ जना सवार थिए ।