आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

तु खबर संवाददाता
२०७९ माघ २, सोमबार ०८:४१
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

बाँकी भू–भागमा भने सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

आज बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटीमा समस्या हुँदा सडक र हवाई यातायातमा पनि प्रभाव पर्न सक्ने भएकोले सावधानी अपनाउनसमेत महाशाखाले सबैलाई आग्रह गरेको छ ।