मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक आह्वान गरिएको हो ।
एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य रहेका छन् ।
स्रोतका अनुसार सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय संख्या लगभग टुंगिएको छ । संयन्त्रको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाउने छ ।