लोसपा पनि सरकारमा जाने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ ।
पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जाने तयार भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् ।