सुदूरपश्चिम सभामुखका लागि आज फेरी निर्वाचन हुँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज तेस्रो पटक निर्वाचन हुँदैछ । यसअघि पुस २८ र ३० गते भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयनको लागि आज तेस्रो पटक निर्वाचन हुन लागेको हो ।
सभामुख पदका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार बनेका छन् । पुस २८ मा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।
यस्तै, पुस ३० मा भएको निर्वाचनमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो । सुदूरपश्चिम प्रदेशसभा ५३ जना सांसदहरु छन् ।
