दुर्घटनामा परेर २ जनाको मृत्यु
२०७९ माघ २, सोमबार १५:३३
वीरगञ्ज । बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिल्लाको सिम्रौनगढ नगरपालिका–१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारी रहेका छन् ।
उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा परेर बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते छन् । शरीरमा समान्य चोट मात्रै रहेकोले उनी घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना एउटै मोटरसाईकलमा सवार थिए ।
आइतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना २६ प २२९५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई पुल मुनी खसेको थियो ।
