निर्वाचन आयोग : आजबाट मतदाता नामावली दर्ता सुरु

तु खबर संवाददाता
२०७९ माघ ३,मंगलवार ०९:३६

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु गरेको छ ।

आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने भएको जनाएपनि सोमबार राष्ट्रिय शोक विदा परेकाले आजबाट दर्ता सुरु हुने जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने बताए ।

प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसमेत सँगै सुरु हुने सहायक प्रवक्ता भुसालले बताए ।