सुदूरपश्चिमको सभामुखमा भीम भण्डारी

तु खबर संवाददाता
२०७९ माघ ३, मंगलवार १२:०७

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भीम भण्डारी निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा भण्डारी २९ मतसहित निर्वाचित भएका हुन् ।

यस्तै, उनका प्रतिस्पर्धी कांग्रेसका मानबहादुर रावलले २० मतमात्र प्राप्त गरे । प्रदेशसभाका ५३ सदस्यमध्ये मानबहादुर रावलको विपक्षमा २८ मत परेको थियो ।

सुदूरपश्चिम प्रदेशसभाले सभामुख पदका लागि तेस्रो पटक मतदान गरेको हो । यसअघि भएका दुई निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको बहुमत प्राप्त गर्न सकेका थिएनन् ।