पोखरा विमान दुर्घटना : बेपत्तामध्ये एक जनाको शव फेला

तु खबर संवाददाता
२०७९ माघ ३, मंगलवार १८:१०

पोखरा । यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाको पछिल्लो अपडेट अनुसार, बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलबाट ७०० मिटर तल सेती नदीमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले. जनाएको छ ।

यससँगै दुर्घटनामा परेका ७१ जनाको शव फेला परेको छ । मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो ।

उक्त दुर्घटनामा परेर अझै एक जना बेपत्ता छन् । सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका उनको खोजी भइरहेको जनाइएको छ ।

आइतबार काठकाडौंबाट पोखरा जाँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडीको सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।