पोखरा जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी

तु खबर संवाददाता
२०७९ माघ १४,शनिबार १६:१२
file-photo

कास्की । कास्कीको पोखरास्थित सेती खोंचमा भएको यति एयरको जहाज दुर्घटनामा परी बेपत्ता भएका एक जनाको खोजी भइरहेको छ ।

कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

चालक दलका चारसहित ७२ जना यात्रु बोकोर काठमाडौंदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो।

साथै उद्धारका क्रममा भेटिएको ब्ल्याक बक्सलगायतका सामग्री नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो।