बागमती प्रदेशको नवनिर्वाचित उपसभामुख चौलागाईँद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०७९ माघ ३, मंगलवार १२:१९

मकवानपुर । बागमती प्रदेशसभाको नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार मात्रै उपसभामुख पदमा निर्वाचित चौलागाईँले प्रदेश प्रमुख यादव चन्द्र शर्माको उपस्थितिमा सभामुख भुवनकुमार पाठक समक्ष  प्रदेशसभा नियमावली २०७४ को उपनियम १० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा एमालेकी चापागाईँ सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकमा भएको उपसभामुख पदको निर्वाचनबाट निर्वाचित भएका हुन् ।

उक्त समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, बिभागीय मन्त्री उद्धव थापालगायतको उपस्थिति रहेको थियो ।

चौलागाईँ एमालेको समानुपातितर्फको सांसद हुन् । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्वर ४ को स्थायी वासिन्दा उनी उपसभामुख पदमा निर्वाचित हुनुअघि एमाले बागमती कमिटीको सदस्य र कार्यालय सचिव थिइन् ।