बुधबार शेयरबजारमा झिनो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ माघ ४,बुधबार १६:०५

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकले बढेको नेप्से सूचक आज ९ अंकले घटेर २१७३ को विन्दुमा पुगेर रोकिएको हो ।

नेप्से सूचक घटेपनि आज शेयरबजारमा ४ अर्ब ९२ करोडमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ सूचक मध्ये आज विकास बैंक, हाइड्रोपावर र म्यचुअल फण्ड सूचक चम्किएको छ भने बाँकी सबै सूचक राताम्य रहेका छन् ।