समाचार
दादुराको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन...
हेटौंडामा शुक्रबारबाट २४ कुन्डीय गायत्री महायज्ञ हुने
मकवानपुर । हेटौंडा भैरबरोडमा शुक्रबारबाट चार दिन २४ कुन्डीय गायत्री महायज्ञ हुने भएको छ । गायत्री चेतना केन्द्रको आयोजनामा हेटौंडाको भैरवरोडमा २४ कुन्डीय गायत्री महायज्ञ हुने भएको हो । भारतको शान्तिकुन्ज हरिद्वारबाट बेदपाठी ब्राहमणहरु आइ महायज्ञ संचालन हुने मुल महायज्ञ समितिका संयोजक मधु जैनले जानकारी दिए । माघे संक्रान्तीको...
हेटौंडा अस्पताललाई दुई हजार थान मास्क वितरण
मकवानपुर । लायन्स क्लब अफ हेटौंडा भुटनदेवी सेन्टेनलले हेटौंडा अस्पताललाई दुई हजार मास्क वितरण गरेको छ । क्लबले कोरोनाको प्रकोप फैलन नदिन भन्दै मंगलबार अस्पताललाई मास्क हस्तान्तरण गरेको हो । मेलविन जोन्स सर्भिस विक कार्यक्रम अन्तरगत क्बलले मास्क वितरण गरिएको कार्यक्रम संयोजक ध्रुवबहादुर पाण्डेले जानकारी दिए । मास्क वितरण...
हेटौंडा–४ का परियारलाई सिलाई मेसिन हस्तान्तरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले दैनिक जिवनयापनमा समस्या व्यहोर्दै आएका परिवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाले हेटौंडा–४ मा रहेर सिलाई कटाईको काम गर्दै दैनिक जिवनयापन गरिरहेका लादरसिं परियारलाई अनुदानस्वरुप सिलाई मेसिन हस्तान्तरण गरिएको हो । करिब १२ हजार रुपैयाँ बराबरको उक्त मेसिन मंगलबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले...
फुटबल संघ मकवानपुरद्वारा पिप्ले युवा क्लबलाई ५ लाख रुपैयाँ हस्तान्तरण
मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघले पिप्ले युवा क्लबलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । मंगलबार संघका अध्यक्ष टिका लामा, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ लगायतले संयुक्त रुपमा क्लबका अध्यक्ष सुशील घिमिरेलाई उक्त रकम हस्तान्तरण गरेको हो । संघले गत जेठ महिनामा...
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी माघ ३ गते विश्वासको मत लिने भएका छन् । सरकारले माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यक्रमको लागि प्रदेशसभालाई जानकारी गएको बागमती प्रदेश सरकारका प्रवत्तmा एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । प्रदेशसभामा रहेका ७...
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
जनकपुरधाम । धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् । उनलाई मंगलबार धनुषाको विदेह नगरपालिका वडा नं. २ बाट इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी...
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आज मुख्यमन्त्री चयन हुँदै
काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेमा मुख्यमन्त्री चयन हुँदैछन् । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् । केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति...
प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै
काठमाडौं । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान...
आज हिमाली भू–भागमा हिमपात र तराईमा बाक्लो हुस्सुको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भू–भागमा बाक्लो हुस्सु लागेको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका...










