आशा विशेष पाठशाला हेटौंडालाई ह्वीलचेयर वितरण

तु खबर संवाददाता
२०७९ माघ ५, बिहीबार ०९:०७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ स्थित आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्रलाई २ वटा ह्वीलचेयर वितरण गरिएको छ ।

बुधबार मकवानपुरे समाज काठमाडौंले एक कार्यक्रमबीच पाठशालाई ह्वीलचेयर वितरण गरेको हो । विद्यार्थीलाई आउजाउ गर्न सहयोग पुग्ने उद्देश्यले समितिका अध्यक्ष बालकृष्ण चौलागाईँलाई २ ह्वीलचेयर हस्तान्तरण गरिएको हो ।

ह्वीलचेयर हस्तान्तरण र्काक्रममा मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुण कुमार गुरुङसहित समाजका पदाधिकारीको सहभागीता रहेको थियो ।