बागमती प्रदेशमा अपराधमा संलग्न १ हजार ४०५ पक्राउ
मकवानपुर । बागमती प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अपराधमा संलग्न १ हजार ४०५ जना पक्राउ परेका छन् । सो अवधिमा प्रदेशको काठमाडौं उपत्यका बाहेकको तीन जिल्ला बाहेका १० जिल्लामा विभिन्न अपराधमा संलग्न १ हजार ४०५ जना पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा सार्वजनिक गरिएको विवरण अनुसार, सो अवधिमा प्रदेश प्रहरी कार्यालय मातहतका २३ वटा प्रहरी युनिटमा २ हजार १५३ वटा मुद्दा दर्ता भएको छ ।
यस्तै, मुद्दा दर्ताको फैसला कार्यान्वयनतर्फ ३८७ जनालाई पक्राउ गरेर जरिवाना गरेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।
उनका अनुसार, ४ करोड ८ लाख ६१ हजार ८९९ रूपैया जरिवाना संकलन गरेको छ ।
सो अवधीमा १८ नाल अवैध हातहतियार बरामद गरी ११ जनालाई पक्राउ गरेको उनले बताए ।
