शेयरबजारमा सामान्य अंकको सुधार, ३ अर्बको कारोबार

काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा झिनो अंकको सुधार आएको छ । बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
यसअघि बुधबार शेयरबार ९ अंकले घटेर २१७३ को विन्दुमा पुगेर रोकिएको थियो भने ४ अर्ब ९२ करोडमाथिको कारोबार भएको थियो ।
नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज ६ उपसूचकमा हरियाली छाएको छ भने बाँकी ७ सूचक राताम्य रहेका छन् । आज ब्यापार, हाइड्रोपावर, लगानी, म्युचुअल फण्ड, निर्जिवन बीमा र बैकिङ्ग सूचकमा हरियाली छाएको छ ।