दुर्घटनामा बेपत्ता युवकको शव फेला

तु खबर संवाददाता
२०७९ माघ ५, बिहीबार १७:५०
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको चोभारमा कार दुर्घटनाका क्रममा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार दुर्घटना बेपत्ता भएका राजकुमार खत्रीको दुई दिनपछि शव फेला परेको हो ।

खत्रीको शव फेला पारेको सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले बिहीबार फेला परेको हो । माघ २ गते बा ५ च ५६५४ को कार नदी किनारमा दुर्घटना हुँदा ४० वर्षका खत्री बेपत्ता भएका थिए भने ४० वर्षकी अम्बिका लामिछाने घाइते भएकी थिइन् ।

बेपत्ता खत्रीलाई खोज्न सशस्त्र प्रहरी बलको निलबाराही गणं, विपद् उद्धार गणको गोताखोरसहितको टोली खटिएको थियो । उनको शव दुर्घटना स्थलदेखि १०० मिटर तल फेला परेको हो ।