दुर्घटनामा परेर हेटौंडाका मोक्तानको मृत्यु

तु खबर संवाददाता
२०७९ माघ ४, बुधबार १६:३७

बागलुङ । बागलुङमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४ का अन्दाजी ४३ वर्षीय राजु मोक्तान रहेका छन् ।

सिगानाबाट काठेखोला पुल तर्फ आउँदै गरेको बा २ क ९२५८ नम्बरको टिपर आज बिहान १० बजे बागलुङ नगरपालिका ८ स्थित सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।