उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७९ माघ ६,शुक्रबार ०८:१८

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ ।

आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

यस्तै, माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधिसभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई उपसभामुख बनाउने सत्ता गठबन्धनको तयारी छ भने नेपाली कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ । यसबारे पार्टीले आज थप निर्णय लिने जनाइएको छ ।