हेटौंडा–१ का कालिका विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित कालिका आधारभुत विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
अग्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ८ औं स्थापना दिवसको अवसरमा बिहीबार उक्त विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको हो ।
सहकारीका अध्यक्ष बिकेशलाल श्रेष्ठले विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीलाई स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।
विद्यालयलाई आवश्यक पर्ने कपी, कलम, फुटबल र भलिबल १/१ थान वितरण गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार, विद्यालयका विद्यार्थीहरुका लागि खाजा स्वरुप बिस्कुट ३ कार्टुन, चक्लेट ४ डिप्पा पनि वितरण गरिएको छ ।
त्यस्तै, विद्यालयलाई सामग्री वितरण पश्चात् संस्थाका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष केदार प्रसाद अर्याल, सचिव पबित्रा दाहाल लगायत कार्यसमितिका पदाधिकारीहरुले पदभार ग्रहण गरेका थिए ।
