विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा बस्दै

तु खबर संवाददाता
२०७९ माघ ६, शुक्रबार १६:२६
file-photo

कपिलवस्तु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक जारी छ । गत माघ २ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको बैठक केही दिनसम्म जारी रहने जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाको ४ दिनदेखि शिवगढीमा बैठक चलिरहेको एक नेताले बताए । बैठकमा पार्टीले लिने आगामी कार्यनीति र योजनाका विषयमा समेत घनिभुत छलफल हुने बताएको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी एकताको प्रस्ताव गरेकाले त्यस विषयमा समेत बैठकमा छलफल हुने बताएको छ ।