प्रदेश प्रमुखद्वारा सुशासन कायम गर्न राजनीतिक नेतृत्व र कर्मचारीलाई आग्रह

तु खबर संवाददाता
२०७९ माघ ६, शुक्रबार १७:०६

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सुशासन कायम गर्न राजनीतिक नेतृत्व र कर्मचारीलाई आग्रह गरेका छन् । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको शुक्रबार हेटौंडामा सम्पन्न तेस्रो वार्षिकोत्सवको अवसरमा बोेल्दै सो कुराको आग्रह गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश लोक सेवा आयोगको स्थापनाको अवस्थामा कर्मचारी अभाव, स्रोत र साधनको अभावकाबीच पनि काम गर्नु प्रसशंनीय रहेको बताए ।

उनले लोकसेवा आयोगले योग्यता, निष्पक्षता र स्वच्छतासंगै प्रतिवद्धा समेत रहेको भए अझै राम्रो हुने सुझाव दिए । उनले लोकसेवा आयोगले अनलाइनबाट गरेको परीक्षा प्रणाली परीक्षाको वातावरण तयार गर्नु राम्रो रहेको बताए ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेस मान श्रेष्ठ, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवि पाण्डे र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधीहरु, मदनभण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती, मन्त्रालयका सचिवहरु लगायतकाको सहभागीता रहेको थियो ।